भीरबाट खसेर एक किशाेरीकाे मृत्यु

दैलेख । दैलेखमा घाँस काट्न गएको बेला भीरबाट खसेर आज एक किशोरीको मृत्यु भएको छ।

ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँकी १५ वर्षीया रञ्जना नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।

गाउँ नजिकैको रानीबनमा घाँस काट्दै गर्दा भीरबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

प्रतिक्रिया