एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौं, २९ असार । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा आज मध्याह्न नेपाल आइपुगेका लूले आजै अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।

भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत र सुदृढ बनाउने तथा र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

भेटमा एमाले उपमहासचिव विष्णु रिमाल, विदेश विभाग प्रमुख डा राजन भट्टराई, विदेश विभाग सचिव डा अन्जान शाक्य सहभागी थिए भने अमेरिकी सहायक विदेशमन्त्रीसँगै अमेरिकी राजदूत डिन थमसनलगायत सहभागी भएका थिए ।

लूले आजै नेपाली कांग्रेसमा सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया