
काठमाडौं । काठमाडौँको मण्डिखाटारमा करेन्ट लागेर युवकको ज्यान गएको छ । बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी–३ स्थाई घर भएका २३ वर्षीय सुजन श्रेष्ठको आज मृत्यु भएको हो ।
बुढानिलकण्ठ–९ मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई शिक्षण अस्पताल महाराजगंजमा लगिएको थियो । उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया