एमाले सचिवालय बैठकका एजेण्डा तय

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले सो एजेण्डा तय गरेको हो ।

नेताहरुको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफललगायत एजेण्डा तय भएको एमालेले जनाएको छ ।

एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा उपमहासचिव र सचिवहरु रहने गर्छन् । एमाले सचिवालय बैठक शनिबार बस्दैछ ।

प्रतिक्रिया