झापाको चन्द्रगढी उडेको बुद्धको जहाज आकाशमै फन्को मारेर काठमाडौं फर्कियो

काठमाडौं। झापाको चन्द्रगढी उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण बीचबाटै आकाशमै फन्को मारेर काठमाडौँ फर्किएको छ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार उक्त जहाज अहिले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।

बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ ।

काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज काठमाडौंमै फिर्ता गरिएको बताइएको छ ।

प्रतिक्रिया