प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्दै छ ।

दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयले प्रतिनिधि सभामा उत्पति भएको “विनियोजन विधेयक, २०८०”का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको छ ।

आजको बैठकमा “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” पेश गर्नेछन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया