यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी र गण्डकीका एक/दुई स्थानमा मेगर्जनचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरीको सम्भावना रहेको छ ।

हावाहुरी, भारी वर्षा, मेघ गर्जनरचट्याङ्ग, बाढीपहिरोको जोखिम रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार