
काठमाडौं । बंगलादेशसँगको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १-१ बराबरी खेलेको छ । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरी गरेकी हुन् ।
खेलमा घरेलु टोली बंगलादेशले कप्तान सबिना खातुनको गोलबाट ६५औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेश जिततर्फ अग्रसर भइरहेको बेला नेपालले बराबरी गोल फर्काएको हो । इन्जुरी टाइममा नेपालकी स्टार खेलाडी सावित्राले गोल गर्दै नेपालको हार टारिन् ।
साफमा नेपाल फाइनलमा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ
प्रतिक्रिया