डोटीमा सर्पले डसेर एक वृद्धाको मृत्यु

काठमाडौं । डोटीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । के आई सिंह गाउँपालिका-४ कि ७२ वर्षीया निरन्जनादेवी भट्टको आज सर्पले टोकेर मृत्यु भएको हो ।

उनको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा आज साँझ साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरको आँगनमा बसेर छोरीसंग फोनमा कुराकानी गरिरहेका बेला उनलाई सर्पले टोकेको बताइएको छ ।

प्रतिक्रिया