जातीय हिंसाको विरोधमा प्रदर्शन

काठमाडौं, २७ असार । जातीय विभेदका कारण हुने हिंसाजन्य घटना श्रृखलाबद्ध रुपमा बढ्दै गएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले जात व्यवस्थाका कारण घटेका श्रृंखलाबद्ध घटनाकाबिरुद्ध बुधबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

जुम्लामा अन्तरजातीय विवाह गरेको बिरोधमा घर जलाइएको, दाङमा डेराबाट निकालिएको लगायतका प्रतिनिधिमुलक घटनाका साथै देशभर भएका जातीय विभेदकाबिरुद्ध मोर्चाले खबरदारी गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले लडौं जात व्यवस्था विरुद्धको फाइनल म्याच, अपराधीलाई कारवाही गर, मलाई विभेद स्वीकार्य छैन, षडयन्त्रकारी प्रहरी प्रशासन र अदालत मुर्दावाद लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरूले जातीय विभेदका कारण हिंसाजन्य घटनामा पीडितलाई छिटो न्याय दिनुपर्ने र पीडकलाई कडा कारवाही गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार