गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

फिदिम। मेची राजमार्गअन्तर्गत लालिखर्कमा गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन् । उनको सनाखत हुन बाँकी छ ।

मेचि राजमार्गअन्तरर्गत फिदिम-३ लालीखर्कमा बुधबार दिउसो १:३० बजेतिर सडकमा हिँडिरहेका उनलाई प्रदेश २-०३-००१ ख ४८०७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ठक्करबाट उनको घटना स्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार छन। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार