बाटो निर्माणमा २२ लाख भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ११ जनाबिरुद्ध मुद्दा

काठमाडौैं । झापाको झापा गाउँपालिकाको लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ किलोमिटर बाटो बनाउने क्रममा २२ लाख ९ हजार ८ सय २३ रुपैयाँ ४० पैसा अनियमितता गर्ने तत्कालीनअध्यक्ष जयनारायण साह, उपाध्यक्ष कुन्तिदेवी बुढाथोकीसहित ११ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

झापा गाउँपालिकास्थित लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ किमि बाटो बनाउनका लागि गाउँपालिकाबाट र स्थानीय जनतासँग गरी बजेट विनियोजन भएको तर उक्त रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास र सव–इन्जिनियर विज्ञान चम्लागाँईले झापा गाउँपालिकाबाट आ.व २०७४–०७५ मा विनियोजित रकमबाट झापा गाउँपालिका वडा नं ३,६ र ७ स्थित “लक्ष्मीमार्ग बाटो उच्चस्तरीय ग्राभेल” योजना कार्यमा फिल्डमा अनुगमन–निरीक्षण गरी सोको वास्तविक परिमाण प्रमाणित गरी नापी किताब तयार गरी भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरेको पाइएको आयोगले जनाएको छ ।

साईटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई, झुट्ठा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गरी २२ लाख ९ हजार ८ सय २३ रुपैयाँ ४० पैसा बढी भुक्तानी दिएको देखिन आएकाले प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, अभिषेक दास र विज्ञान चम्लागाँईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा बिगो बमोजिम जरिवानाको मागदाबी सहित मुद्दा दायर गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल र शान्तादेवी सुब्बा राई, झापा गाउँपालिका वडा नम्बर ३, ६ र ७ का तत्कालीन वडाध्यक्षहरु मोतिलाल गणेश, हरिबहादुर बानियाँ र नेत्रप्रसाद उप्रेतीका बिरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

लाई पनि माथिकै जति रकम बिगो र जरिवाना माग गर्दै मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया