
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरबाट जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित वन क्षेत्रमा जरायो मारेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको हो।
बुधबार बिहान ३ बजे काँक्रेबिहार वन क्षेत्रसँग जोडिएको नयाँ गाउँबाट जरायो मारेर मासु भागबन्डा गरिरहेको अवस्थामा प्रहरीले चारजनालाई पक्राउ गरेको हो।
जरायो मारेर भाग लगाइरहेको गोप्य सूचनाका आधारमा घटनास्थलबाटै चारजनालाई पक्राउ गरेको र उनीहरूको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण शाहीले बताए।
जरायो मार्नेमा अन्य व्यक्तिको पनि संग्लनता रहेकाले उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकोे छ।
प्रतिक्रिया