अदालतको आदेशपछि रोकियो रेडक्रस सोसाइटीको निर्वाचन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले निर्वाचनका कार्यक्रम रोकेको छ । उच्च अदालत पाटनको आदेशसँगै नेपाल रेडक्रस सोसाइटीको असार २७ र २८ गते हुन लागेको निर्वाचन तथा महाधिवेशन रोकिएको हो।

रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले सूचना जारी गर्दै महाधिवेशन यथास्थितिमा राखिएको जानकारी दिए ।

‘निर्वाचन तथा महाधिवेशनसम्बन्धी काम कारबाही हाल जे जुन अवस्थामा पुगेको छ यथास्थितिमा राख्नू, भनी आदेश प्राप्त भएकाले उच्च अदालतबाट भएको आदेशबमोजिम विशेष महाधिवेशनसम्बन्धी काम कारबाही हाललाई यथास्थितिमा राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, ढकालले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार