मनाङ एयरको हेलिकोप्टरमा सवार पाँचैजना म्याक्सिकन नागरिक

काठमाडौं। मनाङ एयरको होलिकोप्टरमा चालक दलका सदस्यबाहेक सवार यात्रु सबै विदेशी नागरिक भएको पुष्टि भएको छ। उक्त हेलिकोप्टरमा पाँचैजना म्याक्सिकन नागरिक सवार छन्। ९ एनए- एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए।

हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिइन्।

हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन्। उनीहरू सबै म्याक्सिकन नागरिक हुन्।

सुलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो।

प्रतिक्रिया