मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना

विराटनगर । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौँको लागि उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लामाजुरा डाँडामा दुर्घटना भएको छ।

सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए ।

उनका अनुसार घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए ।

प्रतिक्रिया