बागलुङमा जेसीबीको ठक्करबाट बालकको मृत्यु

काठमाडौँ। बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसीबीको ठक्करबाट बालकको ज्यान गएको छ।

बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसीबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

उक्त घटनापछि जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार