
काठमाडौं। तीन हप्तादेखि अनशनरत वीरेन्द्र जैसीले अनशन तोडेका छन् । प्रहरीको गोली लागि सख्त घाइते भई उपचार तथा क्षतिपूर्तिका लागि अनशन बसेका उनले आज तोडेका हुन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुस खुवाएर अनशन तोडाएका हुन् । अनशन तोडाउदै उपप्रधानमन्त्री श्रेष्ठले उनको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोरेर उपयुक्त रोजगारीसमेतको व्यवस्था गरिदिने वचन दिएका छन् । आजबाट भने नेपाल प्रहरी अस्पतालमा उनको थप उपचार हुने बताइएको छ ।
प्रतिक्रिया