सुदूरपश्चिम प्रदेशको बजेट पारित हुन नदिने सत्तारुढ तीन दलको निर्णय

काठमाडौं । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित गर्न नदिने सत्तारुढ तीन दलले निर्णय गरेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको आज बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारले बजेट संशोधन नगरेमा यथास्थितिमा पारित गर्न नसकिने निर्णय गरेको जानकारी दिए ।

असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए । शाही एकीकृत समाजवादीबाट मन्त्री भएका हुन् ।

प्रतिक्रिया