केपी ओलीले भोलि पशुपतिमा क्षमापूजा गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि पशुपतिमा क्षमापूजा गर्ने भएका छन् । जलहरी प्रकरणमा मुछिएपछि ओलीले पशुपतिमा क्षमा पूजा गर्न लागेका हुन् ।

त्यसका लागि ओलीले पशुपति क्षेत्र विकास कोषमा जानकारी गराइसकेका छन् । पशुपतिमा जलहरी प्रकरणमा विवाद भएपछि ताम्रपत्र र गर्भगृहमा लेखिएको नाम हटाइएपछि ओलीले क्षमा पूजा गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार