
जनकपुरधाम। धनुषामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको कमला नगरपालिका २ माची झिटकैयास्थित खेतमा सिँचाइ गर्न गएका स्थानीय ५५ वर्षीय सर्यदेव ठाकुर बरहीको करेन्ट लागेर मृत्यु भएको हाे।
आज बिहान आफ्नै खेतमा धानको बीउमा पानी हाल्न गइरहेका बेला स्थानीय सत्यनारायण यादवले ओछयाएको मोटरको तार हटाउने क्रममा उनलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।
प्रतिक्रिया