प्रतिनिधि सभाको बैठक सर्‍यो, सोमबार बस्ने

काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। उक्त बैठक सोमबारसम्मलाई स्थगित भएको हो।

संसद् सचिवालयले सूचना टाँस गरेर सोमबारसम्मलाई बैठक स्थगित भएको बताएको हो।

प्रतिनिधि सभाको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताले छलफल गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले गत असार १८ गते बोलेको अभिव्यक्तिबारे प्रष्टीकरण दिने बताएपछि अवरोध खुलाउन एमाले सहमत भएको थियो।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको मागका विषयमा छलफल गर्नुपर्ने भएपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार