बारीमा लैजाने क्रममा भैँसीले च्याप्दा एक जनाको मृत्यु

काठमाडौं । दैलेखमा भैँसीले च्यापेर एक जनाको ज्यान गएको छ । नारायण नगरपालिका-४ बस्ने ५४ वर्षीया चक्रबहादुर कटुवाललाई आफैले पालेको भैँसीले च्यापेर मृत्यु भएको हो ।

मृतक कटुवालले घरबाट बारीमा लैजाने क्रममा उकालो बाटोमा चिप्लिदा भैँसीले च्यापेर मृत्यु भएको दैलेख जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कटुवाल नारायण नगरपालिकामा वडा सचिवमा कार्यरत रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार