
काठमाडौं। खानेपानी मन्त्री महिन्द्र राय यादवले अहिलेको सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सफल भएको र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राजीनामा माग्दैमा कुनै पनि शर्तमा प्रधानमन्त्रीको राजीनामा नआउने दाबी गरेका छन्।
हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले नागरिकता समस्या समाधान, ललिता निवास प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता महत्वपूर्ण विषयमा अनुसन्धान अघि बढाएको बताएका हुन् । उनले गठबन्धन सरकारको काम र लोकप्रियता प्रतिपक्ष दललाई मन नपरेर हतासको मानसिकतामा राजीनामा मागेको बताए ।
‘बहुमतको सरकार हो । कही दुनियामा यस्तो हुन्छ ? कुनै आधार हुनुपर्यो । निराधार कुराको आरोप लगाएर संसद् अवरोध गरेर प्रधानमन्त्रीको राजीनामा माग्नु भनेको न्याय संगत कुरा हो ? कुनै पनि शर्तमा प्रधानमन्त्रीको राजीनामा आउँदैन,’– उनले भने ।
आफ्नो अभिव्यक्तिबारे प्रश्न उठेपछि प्रचण्डले जवाफ दिनुपर्ने र त्यसका लागि समय माग भएकोसमेत उनले बताए ।
यस्तै प्रधानमन्त्री प्रचण्डले भोलि (आईतबार) आफ्नो अभिव्यक्तिबारे संसद्मा जवाफ दिने भएका छन्
प्रतिक्रिया