दुई ट्रक ठोक्किंएर आगलागी हुँदा जलेर तीन जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा ट्रक एकआपसमा ठोक्किंएर ट्रकमा आगलागी हुँदा जलेर तीन जनाको मृत्यु भएको छ । आज बिहान २ बजे दुईवटा ट्रक ठक्किंदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका ८ बस्ने अन्दाजी २८ वर्षीय रिहान रुम्बा तामाङ, गोरखाको गण्डकी गाउँपालिका २ गोर्दीटार बस्ने २१ वर्षीय सुमन चेपाङ र मकवानपुरको मनहरी ३ बस्ने २० वर्षीय अमृत प्रजा रहेका छन् ।

हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएर दुवै ट्रकमा आगलागी भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ट्रकमा सवार चितवन राप्ती–३ बस्ने विवेक तमाङ र मकवानपुरको मनहरी–३ बस्ने अर्जुन कुमार प्रजा घाइते भएका छन् । उनीहरुको भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया