
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित गरिएको छ ।
आज शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । अब अर्को बैठक आगामी आइतबार १ बजे बस्ने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन ।
संसद चल्ने आवश्यक वातावरण तयार पार्न सभामुख देवराज घिमिरे सक्रिय बनेका छन् । तर, कुनै निष्कर्ष ननिस्केका कारण बैठक बस्न नसकेको अनुमान गर्न सकिन्छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गर्दै आएको छ ।
शुक्रबार संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श व्यवस्था समितिमा दलहरुबीच सहमति हुन नसकेपछि बैठक स्थगीत गरिएको हो ।
प्रतिक्रिया