प्रतिनिधिसभा बैठक आज बस्दै,

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली धाएको भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विवादित अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलले गरेको संसद अवरोधका कारण स्थगित बैठक आज बस्न लागेको हो ।

एमालेले प्रधानमन्त्रीको राजी नामाको अडान नछाडेकाले आजको बैठक पनि सुचारु हुने सम्भावना न्यून छ । गठबन्धन दलले भने प्रधानमन्त्रीले राजीनामा दिइरहनुपर्ने ठहरसहित सदनबाटै फेस गर्ने निर्णय गरिसकेका छन् ।

दिउँसो ३ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीअनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविधालय विधेयक टेबुल गरिनेछ ।

प्रतिक्रिया