चोरीमा संलग्न रहेको आरोपमा हतियारसहित भारतीय महिला पक्राउ

काठमाडौं। रुपन्देहीको भैरहवामा चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा हतियारसहित भारतीय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश गोरखपुरकी ४३ वर्षीय गीता तिवारी रहेकी छन् ।

सिद्धार्थनगर नगरपालिका–२ बाटिकामा घर भाडामा लिएर उनले चोरी, डकैती र लुटपाट गर्दै आएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ। उनी भारतमा पनि आपराधिक गतिविधिमा संलग्न भएर जमानत छुटेर रुपन्देहीमा चोरी गर्न लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले तिवारी बसेको घरबाट कटुवा पेस्तोल, १३ राउण्ड गोली, खुकुरी, चक्कु, छिनो, ५ थान मोबाइल, एकरएक वटा मोटरसाइकल र स्कुटर, नेपाल बैंकको चेकलगायत नेपाली र भारतीय रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार गिरोहमा संलग्न अन्य चार जनाको खोजी भइरहेको छ ।

प्रतिक्रिया