सरकारले स्थानीय तहलाई दिन बाँकी अनुदानको ४० प्रतिशत तत्काल दिने

काठमाडौं । सरकारले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये हाललाई ४० प्रतिशत रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७९/०८० को स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये हाललाई ४० प्रतिशत वित्तीय हस्तान्तरण गर्ने निर्णय हो ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले बाँकी ५० प्रतिशत अर्थात ५ अर्ब ९ करोड रुपैयाँको ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार