सर्पको टोकाइबाट एक जनाको मृत्यु

वीरगञ्ज। पर्साको जिराभवानी गाउँपालिकामा सर्पदंशबाट एक जनाको ज्यान गएको छ। सर्पको टोकाइबाट जिराभवानी गाउँपालिका–१ का ५० वर्षीय सत्यनारायण साहको मृत्यु भएको हो।

खेतमा बुधबार काम गरिरहेका बेला साहलाई सर्पले टोकेपछि घाइते भएका उनलाई उपचारका लागि ठोरी गाउँपालिकास्थित सर्पदंश उपचार केन्द्रमा लगिएकोमा उपचारको क्रममा बिहीबार बिहान १० बजे उनको मृत्यु भएको स्थानीय कृष्णमोहन साहले जानकारी दिए।

गाउँपालिकाको वडा नम्बर १ काठमाडाँै टोलस्थित सामुदायिक विद्यालय व्यवस्थपान समितिका सदस्य पनि रहेका साहको मृत्यु भएपछि विद्यालयमा बिहीबार शोक बिदा दिइएको छ।

प्रतिक्रिया