राष्ट्रिय सभाको बैठक बस्दै,

काठमाडौं। राष्ट्रिय सभाको बैठक आज बिहीबार दिउँसो १ः०१ बजे बस्दैछ । हिजो बुधबार दिउँसो बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण स्थगित बैठक आजका लागि बोलाइएको हो ।

एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

भारतले नेपालको प्रधानमन्त्री बनाउने आसयको अभिव्यक्ति दिएपछि प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने अडान कायमै राखेका छन् ।

एमाले सांसदको अवरोधपछि बैठक अपराह्न ३ः०१ मा बस्ने गरी स्थगित भएको थियो । निर्धारित समयमा बैठक बस्न नसकेपछि संघीय संसद् सचिवालयले पुनः ४ः४६ मा बैठक बस्ने सूचना जारी गरेको थियो ।

तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार दिउँसो १ः०१ बस्ने गरी निर्धारण गरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया