एमाले अध्यक्ष ओलीले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताएका छन् । आज प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नमा जवाफ दिँदै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान, स्वाधीनता विपरीत अभिव्यक्ति दिएका कारण राजीनामा दिनुपर्ने बताएका हुन् ।

ओलीले भने, ‘प्रधानमन्त्रीले राम्रो काम त गर्दै गर्नुभएन, नराम्रो गर्दै गर्दै आएर अब त राष्ट्रिय स्वाभिमान र स्वाधीनता आदि प्रश्नमाथि, संविधानमाथि, संसदमाथि घोर अपमान, यस्तो खालको अभिव्यक्ति दिनुभयो । जसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ ।’

भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले पटक पटक भारत भ्रमण गरेको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया