
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित इन्जिनियरलाई पक्राउ गरेको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कार्यरत इन्जिनियर अरविन्दकुमार यादवलाई अख्तियारले पक्राउ गरेको हो ।
यादवलाई ४५ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया