
काठमाडौं । मकाउ पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयकाको टोलीले काठमाडौं महानगरपालिका–१४ बाट उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा गोरखाका गण्डकी गाउँपालिका घर भएर ललितपुर बस्ने ५१ वर्षीय दुर्गाबहादुर रेग्मी रहेका छन् । उनले जित बहादुर थापा मगरलाई ‘मकाउ पठाउँछु’ भनेर ६ लाख ६० हजार ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
मकाउमा प्रतिष्ठित होटलमा ‘क्लिनरको काम लगाइदिन्छु’ भनेर आरोपित रकम लिएर सम्पर्क विहीन भएका हुन् । आरोपीतलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया