भोलि दिउँसाे २ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । एमालेको अवरोधपछि भोलि दिउँसाे २ बजे बस्ने गरी बैठक स्थगित भएको संसद् सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएकाे भन्दै देशहितविरुद्ध रहेको भन्दै एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेपछि आज बैठक बस्न नसकाे हाे ।

प्रतिक्रिया