मैले बोलेको कुरालाई विपक्षीले बबण्डर गर्न खोजे, मलाई केही फरक पर्दैन: प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूले बोलेको कुरालाई विक्षिप्त भएका विपक्षीले बबण्डर गर्न खोजेको बताएका छन् ।

बुधबार काठमाडौंको कीर्तिपुरमा अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको तेश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको पुस्तकमा रहेका बिषयमा आफूले अभिव्यक्ति दिएपनि विपक्षीले बबण्डर गर्न खोजेको बताएका हुन् ।

उनले केही दिनअघि काठमाडौंमा आयोजित कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सिंहले पुस्तकमा लेखिएको बिषयलाई आफूले जस्ताको तस्तै राखेको भएपनि त्यसलाई अतिरञ्जीत गर्न खोजिएको र त्यसले आफूलाई कुनै फरक नपर्ने जिकिर गरे ।

उनले अनावश्यक बबण्डरको बेलुन छिट्टै फुट्ने बताए । सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारको काम देखेर विपक्षीहरू तर्सिएको धारणा राखे ।

प्रतिक्रिया