शरद गौचन हत्या आराेपी समिरमान सिंह बस्नेतलाई जन्मकैद

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले आज बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो।

सोही आरोपमा दोषी ठहर भएका लोप्साङ लामालाई १५ वर्ष, माया शेरचनलाई १० वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना निर्धारण भएको जिल्ला अदालत काठमाडौंले बताएको छ ।

गौचनको २३ असोज २०७४ मा काठमाडौंको बानेश्वर खरीको बोट नजिकै गोली हानी हत्या भएको हो थियो । गोली प्रहार भएलगत्तै अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया